माओवादी नेता ढुंगेल १२ वर्ष बढी सदरखोर जेलमा बस्ने


१४ कार्तिक २०७४, मंगलवार
Bal Krishna Dhungel 01 31102017025837

काठमाडौं : व्यक्ति हत्यामा दोषी ठहर नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्व सभासद् बालकृष्ण ढुंगेललाई सदरखोर डिल्लीबजारमा चलान गरिएको छ ।
माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका ढुंगेललाई मङ्गलवार डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको हो ।

Bal Krishna Dhungel 01 31102017025837
धेरै पहिलेबाट फरार रहेका ढुंगेललाई मङ्गलवार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरे लगत्तै काठमाडौं जिल्ला अदालतले फैसलाको लगत कसेर जेल चलान गरेको हो।
जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ।
मङ्गलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ परेको ढुंगेललाई काठमाडौं जिल्ला अदालतले सदरखोर चलान गर्न आदेश दिएको हो ।
उनी जेल चलान भएसँगै १९ वर्ष अघि ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको प्रमाणित भएको छ । सर्वोच्च अदालतले दोषी ठहर गरेको ढुंगेललाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो । ढुंगेलले अब १२ वर्ष ५ महिना २२ दिन कारागारमा बिताउनुपर्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७