आलोचना खेपिरहेका मेस्सीलाई प्रशंसाको ओइरो


१३ असार २०७५, बुधबार
Messi VS N

काठमाडौं, १३ असार । रसिया विश्वकपको शुरुवाती चरणमा खराव प्रदर्शन गरिरहेको अर्जेन्टिनी टिम र यसका कप्तान लियोनल मेस्सीले आलोचना खेप्नु परिरहेका बेला एकाएक स्थितिले पल्टा खाएको छ ।Messi VS N

गए राति नाइजेरियाविरुद्ध १ का विरुद्ध २ गोल गरेपछि हिजो आलोचनाको शिकार बनेको अर्जेन्टिनी टिम र कप्तान मेस्सी अहिले प्रशंसाको भागिदार बनिरहेका छन् । खराब प्रदर्शन र पेनाल्टीमा समेत चुकेपछि खेलप्रेमी र फ्यानहरुको आलोचना खेपिरहेका मेस्सीले नाइजेरियाविरुद्ध उत्कृष्ट प्रदर्शन र गोल समेत गरेपछि उनलाई अहिले प्रशंसाको ओइरो लागेको छ । गए रातिको जीतसँगै अजेन्टिना अन्तिम १६ मा परेको छ । यो जीतले अर्जेन्टिनाको भाग्य, मेस्सीको साख मात्र बचाएको छैन, बिच्चिकएका मेस्सीका फ्यानहरुको मन समेत फर्किएको छ ।

खेल जितेपछि कप्तान मेस्सीले आफूहरुलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । यो जितले मेस्सीलाई मात्र होइन उनका करोडौं फ्यान र प्रशंसकहरुलाई पनि राहत मिलेको छ ।
गए रातिको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेपछि अर्जेन्टिनाका प्रशिक्षक जर्ज सामपावलीले कप्तान लियोनल मेस्सीको खुलेर प्रशंसा गरेका छन् ।

उनले भनेका छन्, ‘तपाईंलाई थाहा छ ? जितपछि जब मेस्सी मेरो सामुन्ने आएर मलाई अंकमाल गरे, मलाई खुशी र गर्व महसुस भएको छ ।’ समूह चरणको पहिलो खेलपछि मेस्सी र सामपावलीबीचको सम्बन्ध चिसिएको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका थिए । नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेपछि सामपावलीले मेस्सीबारे खुलेर बोलेका हुन् ।

सामपावलीले अगाडि भनेका छन्, ‘मैले उनीसँग ट्राभल गर्ने मौका पाएको छु । धेरै कुराहरु शेयर गर्छौंं हामी । रसिया आउनुको सपना पनि साझा छ ।’ सामपावलीले मेस्सीसँग बिग्रिएको सम्बन्ध सुधार गर्न खोजेको बताइएको छ । उनले थपे, ‘अर्जेन्टिनाले जित्दा हाँस्ने, हार्दा रुने हरेक पक्षसँग जोडिने व्यक्ति हुन् लियो र उनको मानवीय पक्ष राम्रो छ । मैले उनलाई खुशी, दुःखी दुवै अवस्थामा देखेको छु । मानिसहरु भन्छन, ‘उनी अर्जेन्टिनाबाट खेल्दा इन्जोेए गर्दैनन् तर, म यो कुरामा सहमत छैन । मेस्सी अर्नेन्टिनाबाट खेल्दा निकै गर्व महसुस गर्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७