मेस्सीको गोलले म्याराडोना बिरामी


१३ असार २०७५, बुधबार
lionelmessidiegomaradona

काठमाडौं, १३ असार । मेस्सीको गोलले म्याराडोना विराम शीर्षकले तपाईलाई पक्कै पनि उत्सुकता जगाउन सक्छ । वास्तवमा मेस्सीले गोल गर्दा कसरी म्याराडोना बिरामी हुन्छन् ? यो सब वाहियात जस्तो पनि लाग्न सक्छ । तर, वास्तविकता यहि हो । गए राति भएको अर्जेन्टिना र नाइजेरियाबीचको विश्वकप प्रतिष्पर्धा अर्जेन्टिनाले जीत हात पारेपछि म्याराडोना बिरामी नै परेका छन् ।Maradona declared Messi as his successor

अर्जेन्टिनी कप्तान मेस्सीले गोल गरेको खुशीयालीमा बढी रोमाञ्चक बनेका कारण म्याराडोनाको स्वास्थ्यमा समस्या देखिएको हो । चिकित्सकहरुले हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक भन्ने गरे पनि बढी हाँसेको र मेस्सीको सफलतामा बढी रोमाञ्चक बनेका कारण म्याराडोना बिरामी परेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । विश्वकप फुटबल अन्तर्गत मंगलबार राति भएको अर्जेन्टिना र नाइजेरियाबिचको निर्णायक खेलमा खुशी मनाउने क्रममा म्यारोडोना बिरामी परेका हुन् ।

मैदानमा खेलाडीको प्रदर्शनबाट थपिएको उत्साह र विपक्षीको गोलबाट थपिएको निरासालाई लिएर विशिष्टका लागि छुट्याइएको रङ्गशालाको एक छेउमा रमाइरहेका म्यारोडोना बिरामी परेको खबर इएसपिएनले जनाएको छ । खेलको शुरुवाती १४ औं मिनेटमा आफूलाई मनपर्ने मेस्सीले गोल गर्दा उनी निकै उफ्रिए, सायद मेस्सी भन्दा धेरै खुशी म्याराडोना थिए । जब ५१ औँ मिनेटमा नाइजेरियाले पेनाल्टीमा गोल गर्‍यो, त्यो बेला म्याराडोनाको अनुहारमा फेरि निरासा छायो ।default

त्यसपछि बराबरीको दिशामा गएको खेलको ८६ औँ मिनेटमा मार्कस रोजोले गोल गरेपछि म्याराडोनाको अनुहारमा भरपुर उत्साह छायो । छेउछाउमा रहेका उनका सहयोगीसँग अंकमाल गरे, खुशीले उफ्रिए र रमाए । म्याराडोनालाई त्यो गोलको उत्साहले यसरी छोयो कि उनलाई चिकित्सा सहायकले त्यहीं प्राथमिक उपचार गर्नु पर्‍यो । उनको रक्तचाप न्यून भएको रहेछ । मुलुकलाई विश्वकपको उपाधि जिताइसकेका ५७ वर्षीय म्याराडोनालाई सेन्ट पिटर्सबर्गमा रहेको अस्पतालमा लगिएको थियो । केही समय अस्पतालमा बिताएर उनी फर्किएका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७