यी हुन् संघीय समाजवादी ६२ उम्मेदवार, उपेन्द्र सप्तरी र अशोक राई धरानबाट लड्ने


१४ कार्तिक २०७४, मंगलवार

काठमाडौं : संघीय समाजवादी फोरमले प्रत्यक्ष तर्फ लड्ने प्रतिनिधिभाका ६२ उम्मेदवार चयन गरेको छ । फोरमका अध्यक्ष उपेन्द्र यादव सप्तरी र वरिष्ठ नेता अशोक राई सुनसरीको धरानबाट लड्ने भएका छन् ।upendra yadav and ashok rai

राजपासँग प्रदेश २ को सिट बाँडफाँट गरे लगतै फोरमले प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो । अध्यक्ष उपेन्द्र प्रतिनिधिसभा सदस्यका लागि सप्तरी २ बाट र वरिष्ठ नेता राईले सुनसरी १ बाट चुनाव लड्ने छन् । धरानमा राईलाई कांग्रेसले समर्थन गर्नेछ । त्यसको बदलामा फोरमले सुनसरी ३ मा उम्मेदवारी दिएको छैन ।

मोरङको क्षेत्र नम्बर ६ बाहेकका सबै सिट र झापाका सबै सिटमा उम्मदेवार तोकेको छ । सप्तरी १ मा सूर्यनारायण यादव, सिरहा १ मा राजला यादव र २ मा शत्रुघन सिंह कोइरी र ३ मा अशेश्वर यादव, धनुषा १ मा दिपक कार्की, २ उमा उमाशंकर अरगरीया र ४ मा महाजन यादवलाई उम्मेदवार बनाइएको छ ।

महोत्तरी १ मा लक्ष्मी महतो, ४ मा डा। सुरेन्द्र महतो, सर्लाही ३ मा अशोक सिंह कोइरी, रौतहट २ मा किरण साह, बारा २ मा रामसहायद यादव, ३ मा रामकिशोर यादव उम्मेदवार भएका छन् । पर्सा १ मा प्रदिप यादव, २ मा विमलप्रसाद श्रीवास्तव र ३ मा हरिनारायण रौनियारलाई उम्मेदवार बनाइएको छ ।

उम्मेदवारहरूको सूची 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७