प्रहरीको ठेक्कामा अनियमितता, फेल भएको सामान बुझाउन ठेकेदारको चलखेल


१३ असार २०७५, बुधबार
mattres

काठमाडौं, १३ असार । एबीएम सप्लायर्सका राजमान मिश्रले आपूर्ति गरेको १० हजार थान म्याट्रेस गुणस्तरहीन भएपछि नेपाल प्रहरीको भण्डार शाखाले अस्वीकृत गरेको छ । एक महिनाअघि मिश्रको फर्मले ठेक्का पाएको थियो । मिश्रले प्रतिपिस ६ सय ६० का दरले ठेक्का पाएका थिए ।

mattres
ठेकेदार राजमान मिश्र

ठेकेदार मिश्रले ठेक्का पाएपछि बुझाएको म्याट्रेस गुणस्तरअनुसार नभई फेल भएपछि प्रहरीले फिर्ता लैजान भने पनि उनले लगेका छैनन् । र, गुणस्तर फेल भएका सामान स्वीकृत गराउन लबिङ गरिरहेका छन् । प्रहरीका उच्च अधिकृतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीमार्फत् पनि दबाब दिइरहेका छन् । प्रबन्धका डीआइजी पवन खरेलसँग पनि उनले हारगुहार गरिरहेका छन् । असार मसान्तमा क्लोजिङ हुने भएकाले पनि ठेकेदार मिश्रले गुणस्तर फेल भएको म्याट्रेस लिन लगाउन दबाब दिएको स्रोतले बताएको छ ।
ठेकेदार मिश्र सशस्त्र, नेपाल प्रहरी र सेनामा सामान सप्लाई गर्ने ठेकेदार हुन् । उनले ठेक्का पार्ने अनि गुणस्तरहीन सामान भिडाउाने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७