जर्मनीलाई सहज छैन्, मेक्सिकोलाई बराबरी आवश्यक

दक्षिण कोरियाको पनि छ सम्भावना


१३ असार २०७५, बुधबार
1529781134908 lc galleryImage Germany s forward Marco R 1

काठमाडौं, १० असार । रसियामा जारी विश्वकपको समुह एफमा रोचक समिकरण बनेको छ । समुहको अन्तिम स्थानमा रहेको दक्षिण कोरियाको पनि दोस्रो चरणमा जाने सम्भावना उत्तिकै छ भने ६ अंकका साथ शीर्ष स्थानमा रहेको मेक्सिको नजाने सक्ने सम्भावना पनि उत्तिकै छ । 1529781134908 lc galleryImage Germany s forward Marco R

समुह डि अन्तर्गतको अर्जेन्टिना दोस्रो चरण जाने सम्भावना गणतिया आधारमा मात्रै थियो । तर जुन गणतिया आधार नै अर्जेन्टिनको पक्षमा आयो । र उपविजेता बन्दै दोस्रो चरणमा स्थान पक्का गर्यो ।

यस्तै सुमह एफमा पनि दोस्रो चरणमा जाने गणतिय सम्भावना सबैको उत्तिकै छ । भने शीर्ष स्थानको मेक्सिको पनि ढुक्क हुने अवस्थामा छैन् ।

डिफेन्डिङ च्याम्पियन जर्मनीले स्वीडेन हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ । स्वीडेनले दक्षिण कोरियालाई हराउँदै ३ अंक जोडेको छ । जर्मनी र स्वीडेनको गोल शुन्य छ । भने दक्षिण कोरिया तालिका अंक विहिन छ । तर पनि उसको अझै दोस्रो चरणको सम्भावना जीवित छ । Gruop F

कस्को अवस्था कस्तो ?
दक्षिण कोरिया
दोस्रो चरणमा जानका लागि दक्षिण कोरियाले जर्मनीलाई २–० गोल अन्तरमा हराउनु पर्नेछ । मेक्सिकोले स्वीडेनलाई हराउँनु पर्नेछ । यस्तो अवस्थामा समुहमा तीन अंक सहित उपविजेता हुनेछ । भने जर्मनी र स्वीडेनको गोल अन्तर माइनसमा हुनेछ ।
मेक्सिको
दोस्रो चरणमा जानका लागि मेक्सकोले स्वीडेनसँग कम्तीमा बराबरी खेल्नु पर्नेछ । बराबरी भए ७ अंकसाथ विजेता बन्ने छ । भने जित हासिल गरेमा ९ अंकका साथ विजेता बन्ने छ ।
यदी मेक्सिको २–०ले हारे अवस्था र जर्मनीले दक्षिण कोरियालाई १–०ले मात्रै हराएको अवस्थामा गोल अन्तरका आधारमा समुह चरणबाट बाहिरिनेछ ।
जर्मनी
डिफेन्डिङ च्याम्पियन समेत रहेको जर्मनीलाई दोस्रो चरण जान जित्नै पर्ने अवस्था छ । उसले दक्षिण कोरिया कम्तिमा ३ गोल अन्तरले हराउनु पर्ने हुन्छ । यस्तो अवस्थामा स्वीडेनले आफनो खेल जितेको अवस्थामा गोल अन्तर दोस्रो चरण जान सक्छ ।
यदी मेक्सिकोसँग स्वीडेन हार या बराबरी भएको अवस्था भने जर्मनीलाई जित मात्रैले पुग्नेछ । दुवैले बराबरी गोल गरेमा भने जर्मनी हेड टु हेडका आधारमा अघि जानेछ किनकी उसले स्वीडेनलाई हराएको छ ।
स्विडेन
स्वीडेनले मेक्सिकोलाई कम्तिमा ३ गोल अन्तरले हराएमा र जर्मनीले दक्षिण कोरियालाई ३ गोल अन्तर भन्दा कमले हराएमा, हारे वा बराबरी खेलेमा स्वीडेन समूह विजेता पनि बन्न सक्नेछ ।
यदि दक्षिण कोरियालाई जर्मनीले फराकिलो अन्तरले हराएमा र स्वीडेनले ३ गोल अन्तरले नजितेमा दोस्रो चरण बाटो बन्द हुन सक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७