डिफेन्डिङ च्याम्पियन जर्मनीको ऐतिहासिक हार, ८० वर्षपछि समूह चरणबाटै बाहिरियो


१३ असार २०७५, बुधबार
Holders Germany crash OUT of the World Cup 7

काठमाडौं, १३ असार ।  रसियामा जारी विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएको छ । १९३८ पछि जर्मनी पहिलोपटक विश्वकपको दोस्रो चरणमा पुग्न असफल भएको हो । समूह चरणको अन्तिम खेलमा कोरियासँग २–० गोलले पराजित हुँदै ८० वर्षपछि दोस्रो चरणमा पुग्न नसकोको हो । त्यतिबेला स्विट्जरल्याण्डसँग ४–२ले पराजित बन्दै जर्मनी दोस्रो चरणमा प्रवेश गर्न असफल भएको थियो ।Holders Germany crash OUT of the World Cup 7

 

रसियाको कजान एरिना स्टेडियममा जर्मनीलाई हराउँदै एसियाली मुलुक कोरियाले समूहमा तेस्रो भएर रसिया विश्वकप अन्त्य गरे । भने जर्मनी चौथौं स्थानमा रहे । खेलमा दक्षिण कोरियाले खेलको अतिरक्ति समयको चार मिनेट भित्र दुई गोल गर्दै साविक विजेतालाई घरको बाटो देखाए ।

दक्षिण कोरियालाई सनसनीपूर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयको चौथो मिनेटमा किम योङ व्गान र ९८ औँ मिनेटमा हेयुङ मिन सनले गोल गरे ।4DB131F900000578 5892629 image a 25 1530115139204

जर्मनी हार र दक्षिण कोरियाको जितसँगै समूह ’एफ’बाट स्वीडेन विजेता र मेक्सिको उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।  ६ अंक नै जोडेको मेक्सिको गोल अन्तरलेपछि पर्दै उपविजेता बनेकाे हाे  ।  स्वीडेन र मेक्सिकोबीचको खेलमा स्वीडेन ३ गोलले विजयी भएको थियो

जर्मनी समूह चरणबाटै बाहिरिसँगै लगातार तेस्रो विश्वकपमा डिफेन्डिङ च्याम्पियन सुरूमै घर फर्केको रेकर्ड बनेको छ । यसभन्दा पहिले सन् २०१० मा इटाली र २०१४ मा स्पेन समूह चरणबाटै बाहिरिएका थिए । भने सन २००२ मा फ्रान्स बाहिरिएको हो ।

दक्षिण कोरियाबाट विश्वकपमा जर्मनी पहिलो पटक हारेको हो । एसियाली टिमविरूद्ध विश्व कपमा जर्मनीको पहिलो हार पनि हो । जर्मनीले यसअघिका तीन भिडन्तमा कुनै पनि एसियाली राष्ट्रलाई एक गोल पनि गर्न दिएको थिएन ।
विश्व कपमा दक्षिण कोरियाविरूद्ध जर्मनीले खेलेको तीन खेलमा जर्मनीले दुई जितेको छ । यसभन्दा पहिले दक्षिण कोरियाविरूद्ध जर्मनीलाई सन् २००४ मा खेलेको एक मैत्रीपूर्ण खेलमा जित मिलेको थियो । जर्मनीले कोरियालाई सन् १९९४ को विश्व कपमा ३–२ र सन् २००२ को सेमिफाइनलमा १–० ले हराएको थियो ।

Holders Germany crash OUT of the World Cup 2

 

Holders Germany crash OUT of the World Cup 4

 

 

Holders Germany crash OUT of the World Cup 3

Holders Germany crash OUT of the World Cup 4

Holders Germany crash OUT of the World Cup 5

Holders Germany crash OUT of the World Cup 6

Holders Germany crash OUT of the World Cup 8

Holders Germany crash OUT of the World Cup 9

Holders Germany crash OUT of the World Cup 1

Holders Germany crash OUT of the World Cup 12

Holders Germany crash OUT of the World Cup 11

4DB1A13100000578 5892629 A German fan takes in the aftermath of their defeat while a Kore a 163 1530122551077

4DB16C4500000578 5892629 image a 162 1530120050847

4DB0CE2100000578 5892629 image a 160 1530120050845

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७