घलेम्दी हाईड्रोको आइपिओ निष्काशन, यी ठाउँबाट दिन सकिन्छ निवेदन


१४ असार २०७५, बिहीबार
IPO aakhukhola

काठमाडौं, १४ असार । घलेम्दी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रको लागि ५ लाख ५० हजार कित्ता प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिकाका बासिन्दाको लागि असार २२ गतेदेखि छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेसम्मको लागि सार्वजनिक शेयर निष्काशन गर्ने जनाएको छ ।IPO aakhukhola

प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम ५० कित्तादेखि अधिकतम २७५० कित्तासम्मको लागि आवेदन दिन पाउने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटलले जनाएको छ । कम्पनीले निष्काशन गरेको शेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री गर्न पाउने छैनन् ।

इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार ’इक्रा एनपि आइपिओ ग्रेड ४’ रहेको छ । ५ मेगावाट क्षमताको उक्ता आयोजनाको प्रतिमेगावाट लाग १८ करोड ८० लाख रुपैयाँ रहेको छ ।
जम्मा लागत ९४ करोड रुपैयाँ रहेकोमा शेयर पूँजीबाट ५५ करोड रुपैयाँ उठाउने छ ।

जसमा संस्थापक शेयरधनी ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख र आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत र सर्वसाधारणको लागि २० प्रतिशत शेयर निष्काशन गर्नेछ । प्रभावित क्षेत्रका बासिन्दाले ग्लोबल आइएमइ बेनि म्याग्दी, प्रभु बैंक बेनी, गरिमा विकास बैंक पोखरेवगर, माछपुच्छ्रे बैंक वेनीबाट आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७