एसईईमा एक विद्यार्थीको तीन फरक नतिजा, कलेज भर्ना नै अन्योल


१४ असार २०७५, बिहीबार
see re

भैरहवा, १४ असार । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको हतारका कारण एउटै विद्यार्थीको तीन फरक नतिजा आएको छ । see re

कार्यालयले ग्रेडसिट नतिजा प्रकाशन गरेदेखि फरक–फरक दिन फरक नतिजा वेवसाइटमा प्रकाशित भएको । भैरहवाको बुद्ध ज्योती माविमा अध्यनरत प्रतिककुमार मल्लिकको सिम्बोल नम्बर ०४८१९१६ एफ को नतिजा तीन पटक फेरबदल हुँदा उनी अन्योलमा परेका छन् ।
असार १० गते हेरिएको ग्रेडसिटमा नतिजामा उनले ग्रेड बी र २ दशमलव ६० जीपीए प्राप्त गरे ।

त्यसपछि परीक्षा बोर्डले प्रकाशन भएको नतिजामा त्रुटी भएको भन्दै गल्ती स्विकारेर वेवासाइटमा अर्को नतिजा राखेको थियो । त्यसपछि असार ११ गते नतिजा जाँच गर्दा पहिलो दिन प्रकाशित भएको नतिजा भन्दा अनिवार्य अंग्रेजी र अनिवार्य स्वास्थ्यमा ग्रेड र ग्रेड प्वाइन्ट बढेर आयो र उनको जीपीए २ दशमलव ६५ पुग्यो ।

नतिजा हेरेर उनी हर्षित भए । तर, उनको खुशी २४ घण्टासम्म पनि टिक्न सकेन । उनले पुनः आफ्नो नतिजा जाँच गर्दा १२ गते वेवासाइटमा राखिएको नतिजा भन्दा फरक पाए । १२ गते वेवसाइटमा राखिएको नतिजामा अनिवार्य गणित विषयमा ग्रेड सि र ग्रेड प्वाइन्ट २ दशमलव शून्य थियो ।

तर १३ गते नतिजा जाँच गर्दा अनिवार्य गणित विषयमा घटेर ग्रेड ई र ग्रेड प्वाइन्ट शून्य दशमलव ८ देखायो तर उनको जीपीए पनि घट्नु पर्नेमा २ दशमलव ६५ नै रह्यो ।
उनको ३ पटक प्रकाशित भएको तीन वटै नतिजामा विषयगत ग्रेड, ग्रेड प्वाइन्ट र जीपीएमा फेरबदल भएको छ । ‘३ वटा प्रकाशित भएको नतिजामध्ये कसलाई सही मान्ने ? विद्यार्थी मल्लिकले प्रश्न गरे । उनले असार १७ गते कलेजमा भर्नाका लागि इन्ट्रान्स परीक्षा रहेको र उक्त कलेजमा भर्नाका लागि कुन ग्रेडसिट लिएर जाने भन्ने विषयमा अन्यौलमा परेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७