१० वर्ष पहिले हारेका विश्वदीपसंग फेरी ओलीको प्रतिस्पर्धा


१४ कार्तिक २०७४, मंगलवार
KP sharma oli

काठमाडौं : २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा झापाबाट विश्वदीप लिङदेनले केपी ओली शर्मालाई हराएका थिए । फेरी, दश वर्षको अन्तरालमा दुईबीच मङ्सिर २१ गते प्रतिस्पर्धा हुने भएको छ ।

KP sharma oli
युवा नेता लिङदेन त्यति बेला माओवादीबाट उम्मेदवार बनेका थिए । तर, अहिले उनी माओवादी छाडिसकेका छन् । सङ्घीय समाजवादी फोरम नेपालबाट ओलीसँग प्रतिस्प्रधा गर्ने भएको छ । दुवैको झपा क्षेत्र नम्बर ५ बाट देबै जनाको उम्मेदवार परेको छ ।
मंलबार समाजवादस् नेपालले सार्वजनिक गरेको उम्मेदवार सूचीमा लिङदेनको नाम झापा ५ मा छ । उनी त्यहाँबाट उम्मेदवार बन्ने छ । त्यहाँ एमाले र माओवादी केन्द्रको रूपमा साझा उम्मेदेवार हुन् ओली ।
उनलाई माओवादीले आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरेको थियो । त्यपछि उनी वैद्य हुँदै समाजवादी फोरम प्रवेश गरी केन्द्रीय सदस्य बनेका हुन् ।
लिङदेनले पहिलो संविधानसभा चुनावमा साविकको क्षेत्र नम्बर ७ बाट उम्मेदवार बनेका थिए । उनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो बनेका केपी ओलीले १४ हजार ९५९ मत ल्याएका थिए । काँग्रेसले त्यस बेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३४७८ मत पाएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७