विश्वकप : समूह चरणका अन्तिम ४ खेल आज, जापानको बलियो सम्भावना


१४ असार २०७५, बिहीबार
japan 3

काठमाडौं, १४ असार । विश्वकपमा आज हुने ४ खेलसँगै समूह चरणका सबै खेल समाप्त हुने छन् । नकआउट चरण पुग्ने १४ टोलीको टुंगो यसअघि नै लागिसकेको छ भने आजको खेलबाट अन्तिम २ टोलीको टुंगो लाग्ने छ । समूह ‘एच’ बाट अघि बढ्ने दुई टोलीको छिनोटफानो आज हुने २ खेलबाट हुनेछ ।japan 3

समूहको शीर्ष स्थानमा रहेको जापान र सेनगलको समान ४ अंक छ । कोलम्बियाको ३ अंक छ भने प्रतियोगिताबाट बाहिरिसकेको पोल्यान्डले अंक जोड्न सकेको छैन । समूह चरणको अन्तिम खेलमा जापानले पोल्यान्डको र सेनेगलले कोलम्बियाको सामना गर्नेछ । यी खेल साँझ ७ः४५ बजे शुरु हुनेछन् ।

आजै समूह ‘जी’का पनि अन्तिम २ खेल हुनेछन् । जसमध्ये नकआउट चरणमा पुगिसकेका इङ्ल्यान्ड र बेल्जियमबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ । पानामा र ट्युनिसियाको खेल भने प्रतिष्ठानका लागि मात्र हुनेछ । दुवै टोली प्रतियोतिगाबाट बाहिरिसकेका छन् ।
इङ्ल्यान्ड र बेल्जियम भने यसअघि लगातार दुई खेल जित्नै नकआउट चरणमा पुगिसकेका छन् । समूह जीका दुई खेल राती ११ः४५ मा हुनेछन् । बराबरीले इङ्ल्यान्ड समूह विजेता र बेल्जियम उपविजेता बन्नेछ ।

एसियाली मुलुकबाट नकआउट चरण पुग्ने सम्भावना अब जापानको मात्र बाँकी रहेको छ । प्रतियोगिताबाट बाहिरिएपनि समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियालले साविक विजेता जर्मनीलाई २–० ले स्तब्ध पार्दै एसियाली टोली पनि कमजोर नरहेको प्रमाणित गरेको छ । जसले जापानलाई पनि पक्कै हौसला मिल्नेछ ।

जापानले पोल्यान्डलाई हराउन सके टोली नकआउट चरण पुग्नेछ । बराबरी वा हारले पनि टोली अघि बढ्ने सम्भावना रहन सक्छ । त्यसका लागि अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ । सेनेगलले कोलम्बियालाई वा कोलम्बियाले सेनेगललाई हराएको खण्डमा जापान पोल्यान्डसँग पराजित भएपनि अघि बढ्न सक्नेछ ।

विश्व कपमा आज हुने खेल

समूह ‘एच’
जापानविरुद्ध पोल्यान्ड–साँझ ७ः४५ बजे
सेनेगलविरुद्ध कोलम्बिया– साँझ ७ः४५ बजे
समूह ‘जी’
इङ्ल्यान्डविरुद्ध बेल्जियम राति–११ः४५ बजे
पानामाविरुद्ध ट्युनेसिया राति–११ः४५ बजे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७