गाँउमै पुग्यो गोर्खाज फाइनान्स


१४ कार्तिक २०७४, मंगलवार
ghurkhas finance

काठमाडौं : गोर्खाज फाइनान्सले भोजपुर जिल्लाको टेम्केमैँयुङ गाँउपालिकामा शाखा संचालनमा ल्याएको छ । अधिकांश शहरी क्षेत्रमा मात्र केन्द्रीत रहीआएको नेपालको बैंकिङ सेवा गोर्खाजले भने टेम्केमैँयुङ गाँउपालिको अन्नपूर्णमा शाखा विस्तार गरेको हो । यस अघि फाइनान्सले पाँचथरको मिख्लाजुङ्ग गाउँपालिका पनि शाखा विस्तार गरिसकेको छ ।

ghurkhas finance

संस्थाका अध्यक्ष महेन्द्रलाल राई, गाँउपालिका अध्यक्ष धु्रवराज राई तथा बरीष्ठ समाज सेवी भिम प्रसाद राईले शुक्रवार एक कार्यक्रमबीच संयुक्तरुपमा शाखा कार्यालयको औपचारीकरुपमा उद्घाटन गरे । फाइनान्सको अध्यक्ष महेन्द्र लाल राईले जनताबीच बैंकिङ्ग सेवा तथा सचेतना दिई कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाउने उदेश्यले शाखा खोलेको बताए ।
यस्तै गोर्खा समुहका संयोजक तथा लगानीकर्ता पुरन्जन राईले शाखाले भोजपुरका साथै खोटाङ्ग जिल्लाको पुर्वी भेगका जनतालाई समेत सरल तथा सहज बैंकिङ सेवा उपलब्ध हुने बताए ।
फाइनान्सले देशभरी २० वटा शाखा, एटिएम, चिपमा आधारित यूनियन पे कार्ड, मोबाइल बैंकिङ, ई—बैंकिङ, आश्वा, एबिबिएस, आइपिएस, रेमिटेन्स लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७