एसियाको आशा जापान, जापानको भरोषा होन्डामा


१४ असार २०७५, बिहीबार
Honda

काठमाडौं, १४ असार :  एसियाली राष्ट्रको आशाको केन्द्रको रुपमा रहेको जापन आज दोस्रो चरण प्रवेशका लागि अन्तिम तथा निर्णायक खेल खेल्दैछ । कोलम्बियालाई २–१ गोलले हराएर विश्वकपमा उत्कृष्ट सुरुवात गरेको एसियाली राष्ट्र जापानको दोस्रो चरण प्रवेशको निर्णय आज राती ७ बजेर ४५ मिनेटमा पोल्यान्डविरूद्ध हुने खेलले टुँगो लाग्ने छ । दोस्रो चरण प्रवेशका लागि जापनले पोल्यान्डसँग बराबरी गरे मात्रै पनि पुग्छ ।

Honda

जापानले सेनेगलविरूद्धको खेललाई पनि २–२ गोलको बराबरीमा रोको थियो । जापान अहिले समूह ‘एच’ मा ४ अंकका साथ शीर्षस्थानमा छ । सेनेगलको पनि ४ अंक छ । तर, अफ्रिकी राष्ट्र गोलअन्तरका कारण जापानभन्दा पछाडि छ । यही समूहमा ३ अंक बोकेको कोलम्बियाको पनि छनोटको आशा जीवितै छ ।

एसियाका ४ देश साउदी अरब, इरान, अस्ट्रेलिया र दक्षिण कोरिया पहिलो चरणबाटै बाहिरिसकेको छ । अब एसियाको एक मात्रै राष्ट्र जापन दोस्रो चरण प्रवेशको तयारीमा छ । सबैको आशा जापनमै छ, जापनको भरोषा भने सेनेगलविरुद्ध निकालेको सनसनीपूर्ण बराबरीमा जापानका लागि सबैभन्दा सुदृढ प्रदर्शन गरेका केइसुके होन्डामाथि छ । केही वर्षअघि एसी मिलानका लागि ख्याति कमाएका होन्डाले जापानलाई दोस्रो चरण लैजान उत्कृष्ट प्रर्दशन गर्नेमा प्रशिक्षकहरु विश्वस्त छन् ।

जापानले विगतका दुईवटा विश्वकपमा गरेका छ वटा गोलमध्ये पाँचवटामा केइसुके होन्डा कुनै न कुनै रूपमा संलग्न थिए । उनले तीनवटा गोल आफैँले गरेका र दुईवटा गोल गर्न अरूलाई सघाएका थिए । होन्डा सन् २०१०, २०१४ र २०१८ मा गरि तीन विश्वकपमा गोल गर्ने पहिलो जापानी खेलाडी बनेका थिए ।

होन्डाले सन् २०१६ को सेप्टेम्बरदेखि यता आफ्नो पछिल्लो १४ वटा अन्तराष्ट्रिय खेलमध्ये कुनैमा पनि गोल गर्न सकेका थिएनन् तर यसपाली उनले उत्कृष्ट प्रर्दशन गरीरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७