आज इङ्ल्यान्ड र बेल्जियमबीच भिडन्त, काे बन्ला समुह बिजेता ?


१४ असार २०७५, बिहीबार
England vs Belgium predictions main

काठमाडौं, १४ असार : आज इङ्ल्यान्ड र बेल्जियमबीच राती ११ बजेर ४५ मिनेटमा भिडन्त हुदैछ । पहिलो चरणको खेलमा यो सबैभन्दा रोमाञ्चक भिडन्त हुने अनुमान गरिएको छ ।बिजेता बलियो टिमसँग भेट हुने भएकोले दुबै टिम कसरी प्रस्तुत होलान् ? सबैको जिज्ञाशा बनेको छ ।

England vs Belgium predictions main

समूह चरण पार गरिसकेका दुबै टोलीको खेलले समूह विजेता र उपविजेता चयन गर्नेछ । हार या जित दुबैमा दुबै टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । समूह ‘जी’ मा दुवै टोलीले २–२ खेल जितेर दोस्रो चरणको यात्रा तय गरीसकेको छ । आजको खेललाई दुई टिमबीचको प्रतिष्ठाको रुपमा हेरिएको छ । तर, कारण कतिपय विश्लेषकहरुले यो खेल दुबैले हार्न चाहेको खेलको रुपमा पनि लिएका छन् ।

इङ्लिस क्लब टोटेनहमका खतरनाक स्ट्राइकर ह्यारी केनलाई र सोही क्लबका दुई डिफेन्डर टोबी अल्डरवाइरेल्ड र यान भेर्टोङ्घन बेल्जियम टोलीबाट मैदानमा उत्रिनेछन् । तर, बेल्जियमका स्ट्राइकर रोमेलो लुकाकु खेलमा अनुपस्थित हुने भएका छन् । म्यान्चेष्टर युनाइटेडका स्टार लुकाकुको ट्युनिसियासँग खेलमा गोलीगाँठामा समस्या देखिएको थियो ।

बेल्जिमयका कप्तान एवम् प्रिमियर लिग क्लब चेल्सीका स्टारका इडन हाजार्डको पनि आज खेल्ने सम्भावना कम रहेको बताइएको छ। उनी पिडौँलाको समस्याबाट गुज्रिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७