यस्तो छ बालकृष्ण ढुंगेलको कारागारमा बसाई


१५ कार्तिक २०७४, बुधबार
balkrishna dhungel बालकृष्ण ढुझगेल

काठमाडौं: ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ ।balkrishna dhungel बालकृष्ण ढुझगेल

उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन्। उदय अपहरणलगायत फौजदारी मुद्दामा जेलमा परेका हुन् ।त्यतिमात्र नभई मंगलबारदेखि नै ढुंगेलले ‘ख’ ब्लकका जेलका नाइके टासी गुरुङको आदेश मान्नुपर्छ। टासी पनि अपहरण मुद्दामा परी जेल सजाय काटिरहेका कैदी हुन् ।

ढुंगेलको पहिलो रात भुईंमै वित्नेछ। उनले सुत्नका लागि अरु” कैदिसरह खाट पाएका छैनन्। बुधबार भने उनले खाट पाउने कारागार कर्मचारी स्रोतले जनाएको छ ।उनलाई राखिएको ‘ख’ ब्लकमा १ सय २७ कैदीबन्दीका लागि एकल र संयुक्त खाटको ब्यवस्था छ। ‘अरुलाई खाटबाट हटाएर उनलाई खाटमा सुताउन नमिल्ने भएकाले मंगलबार उनी भूईंमै सुत्छन्’, कारागार स्रोतले भन्यो ।

कारागारको ‘क’ ब्लकमा भने जग्गा व्यवसायी सुधिर बस्नेतदेखि भ्रष्टाचार मुद्दामा जेल परेका पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेम गुरुङसहित ४ सय ४८ कैदी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७