आलोचना गर्ने बेला छैन्, संगठन निर्माण ध्यान गरौं : उपसभापति निधि


१५ असार २०७५, शुक्रबार
nidhi41

काठमाडौँ, १५ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभत्र एक अर्कामा आलोचना गर्ने बेला नभएको बताएका छन् । सभापति देउवाले उपसभापति पदमा मनोनयन गरेपछि शुक्रबार पार्टी कार्यालय सानेपामा पदवहालीका क्रममा उनले आरोपप्रत्यारोपको समय नभएको बताएको हो । ज्योतिषीको सल्लाहअनुसार उनले शुक्रबार बिहान ७ः५५ बजेको साइतमा पार्टी मुख्यालय सानेपामा पदभार ग्रहण गरेका हुन् ।

nidhi41
‘चुनावको समीक्षा गर्नुभन्दा संगठन निर्माण गर्नुपर्ने बेला आएको छ ।’ उनले भने, ‘पार्टी्भित्र झगडा गर्नुभन्दा पनि संसद्मा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुुपर्ने बेला आएको छ ।’

उनले सहमतिमा घोषणापत्र जारी भएपछि अब हारको समीक्षा गर्ने नाममा समय खेर नफाल्न पनि सझाव दिएका छन् । उपसभापति निधिले पराजयको कारण काँग्रेसले भन्दा पनि संचार जगतले बोलेको बताएका छन् । उनले नेतृत्व परिवर्तनको विषय पार्टीभित्र कम हुँदै गएको बताउँदै अब आगामी महाधिवेशनको तयारीमा सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले नेतृत्व भन्दा नीति परिवर्तन गर्नुपर्नेमा जोड दिए । हेटौँडामा सम्पन्न जिल्ला सभापतिको भेलाले पार्टी्भित्रको कमीकमजोरीबारे सुझाव दिइसकेको बताउँदै उनले अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको स्पष्ट पारे । ‘काँग्रेसमा अहिले नेतृत्व परिवर्तनको बहस भइरहेको छ नेतृत्व होइन, नीतिको बहस गरौँ’ उपसभापति निधिले भने ।

राष्ट्र, राष्ट्रियता, समाजवाद, लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणाली र शान्तिपूर्ण राजनीति काँग्रेसको एजेण्डा भएकाले यसलाई वडा तहसम्म लैजानुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७