जलाशययुुक्त आयोजनासँग पहिलोपल्ट विद्युत खरिद सम्झौता


१५ असार २०७५, शुक्रबार
ppa

काठमाडौं, १५ असार । नेपाल विद्युत प्राधिकरणले जलाशययुक्त आयोजनासँग पहिलोपल्ट विद्युत खरिद सम्झौता (पीपीए) गरेको छ । शुक्रबार प्राधिकरणले १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको पीपीए गरेको हो ।ppa

प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले पिपिएमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्राधिकरणले यो आयोजनाको बिजुली अबको ३० वर्षसम्म खरिद गर्नेछ । साथै यो आयोजनाले २०८० को चैत ३० सम्ममा उत्पादन थालिसक्नु पर्नेछ । प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खा याममा प्रतियुनिट १२ ?पैयाँ ४० पैसा र वर्षायाममा ६ ?पैयाँ ८ पैसामा खरिद गर्ने सम्झौतामा उल्लेख छ ।

प्राधिकरणले अर्ध जलाशययुक्त आयोजनाका लागि सुख्खा यामका लागि १०.५५ र वर्षा यामका लागि प्रतियुनिट ४.८० ?पैयाँ खरिद दर निर्धारण गरेको छ । उक्त दरमा कम्पनीले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि पाउने व्यवस्था अनुसार मूल्यबृद्धि पश्चात अर्थात ९७ औं महिनादेखि आयोजना अवधिभर खरिद दर प्रतियुनिट सुख्खा याममा १५.३८ र वर्षा याममा ७.५४ ?पैयाँ कायम हुने सञ्चारविज्ञ गौतमले जानकारी दिएका छन् ।

आयोजनाको सुख्खा याममा १७ करोड ८९ लाख र वर्षा याममा ३२ करोड ३६ लाख युनिटलाई सम्झौता ऊर्जा कायम गरिएको छ । आयोजनाबाट उच्पादन हुने विद्युत ऊर्जा दमौली–भरतपुर २२० केभी प्रशारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाहित गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७