पाँच वर्षभित्र उज्यालो प्रदेश : मुख्यमन्त्री राई


१५ असार २०७५, शुक्रबार
Sherdhan Rai

विराटनगर, १५ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अगामी पाँच वर्षभित्र प्रदेश नं १ लाई उज्यालो प्रदेश बनाइने बताएका छन् ।  भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं १ र ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा तथा जर्मन सरकारको सहयोगमा  शुक्रबार यहाँ आयोजित ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमको उद्घाटन गर्दै अँध्यारोमुक्त प्रदेश बनाउन बताएका हुन् ।  Sherdhan Rai

नेपालको ग्रामीण तथा विकट क्षेत्रमा उज्यालो पु¥याउन नवीकरणीय ऊर्जाको निकै महत्व रहेको भन्दै मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने बताए ।

प्रदेश नं १ का भौतिक पूर्वाधार विकासमन्त्री हिक्मत कार्कीले प्रदेशलाई अगामी तीन वर्षभित्रै उज्यालो प्रदेश बनाउने संकल्पका साथ अघि बढिरहेको  जानकारी दिए  । ऊर्जाको विकास र विस्तारका लागि आफ्ना मातहतका सबै निकायलाई उनले निर्देशन दिए।

प्रदेश नं १ का मुख्य सचिव सुरेश प्रधानले नागरिकलाई खुशी र समृद्ध बनाउन वैकल्पिक ऊर्जाको उपयोग गर्न ढिलाइ गर्न नहुने र यसका लागि सरकाले आवश्यक नीति तथा नियम बनाउनुपर्ने कुरामा जोड दिए ।

नेपालस्थित जर्मन राजदूतावास विकास सहयोग प्रमुख क्लाउडिया हाइपेले विगत ६० वर्षदेखि नेपालको ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा जर्मनीले सहयोग पु¥याउँदै आएको बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बढ्दो व्यापार घाटालाई न्यून गर्न ऊर्जाको पहुँच वृद्धि गरी ऊर्जामा आत्मनिर्भर भई स्वाधिन अर्थतन्त्रबाट सुखी र समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले नेपाल सरकारको नवीकरणीय ऊर्जा सम्बन्धी नीति, रणनीति तथा कार्यविधि, केन्द्रकै वरिष्ठ अधिकृत मुकेश घिमिरेले प्रदेश न १ मा ऊर्जाको अवस्था र सम्भाव्यता तथा प्राविधिक सल्लाहकार विनोदप्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेकाे थियो ।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत र सामाजिक विकासमन्त्री जीवन घिमिरेको पनि उपस्थिति रहेको थियो ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७