अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश


१६ असार २०७५, शनिबार
ggubmhz3bh8ib3pvib9g

काठमाडौं, १६ असार । फ्रान्स अर्जेन्टिनालाई हराउँदै रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नकआउट चरणको रसियाको कजन एरेना रंगशालामा भएको पहिलो खेलमा ४–३ गोलले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सका लागि क्यालियन मबाप्पेले चौथो र तेस्रो गोल गर्दे जित सुनिश्चित गरे । उनले ६४ र ६८ औं मिनेटमा गोल गरे । फ्रान्सले ४–२ गोलको अग्रता लिएको अवस्थामा अर्जेन्टिनाका लागि अतिरिक्त समयमा सर्जियो अग्युरोले गोल गरेपनि हार टार्न सकेनन् । अर्जेन्टिनाले २–१को अग्रता लिएको अवस्थामा फ्रान्सका लागि बेन्जामिन फावार्डाले ५७ औं मिनेटमा गोल गर्दे बराबरी बनाएका थिए ।ggubmhz3bh8ib3pvib9g

अर्जेन्टिनाका लागि दोस्रो हाफमा गाब्रीयल मरकाडोले ४८ औं मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए । उनले कप्तान लियोनल मेस्सीले हानेको बललाई उनले पोष्टका दिशा दिएका थिए ।

यसअघि खेलको पहिलो हाफमा ४१ औं मिनेटमा एन्जेल डी मारिया अर्जेन्टिनाका लागि गोल गर्दै बराबरी गरेका थिए । डी बक्स बाहिरबाट मारियाले गरेको उत्कृष्ट प्रहार गोलमा परिणत गरेका थिए ।

फ्रान्सले खेलको १३औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गदै अग्रता लिएको थियो । एम्बापेलाई डि एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

यसअघि अर्जेन्टिनामाथि फ्रान्सले सुरूवाती अग्रता लिएको थियो । खेलको १३औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता लिएको हो । एम्बापेलाई डि एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।

tag reuters.com2018 newsml RC165A6617D0 1586965646 768x432 1

 

 

 

याे पनि पढ्नुहाेस्
मेस्सी ‘म्याजिक’को प्रतिक्षामा करोडौं दर्शक

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७