पोर्चुगल पनि विश्वकपबाट बाहिरियो, उरुग्वेसँग २-१ ले पराजित


१७ असार २०७५, आईतवार
Uruguay 2 1 Portugal

काठमाडौं, १८ असार । इडिन्सन काभानीको निर्णायक दुई गोलको सहयोगले युरो विजेता पोर्चुगललाई २–१ ले पराजित गर्दै उरुग्वे विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ।

Uruguay 2 1 Portugal

शनिवार मध्यराती सम्पन्न खेलमा काभानीले पहिलो हाफको ७ र दोस्रो हाफको ६२ मिनेटमा गोल गर्दै दुई पल्टको पूर्व च्याम्पियन उरुग्वेलाई अन्तिम आठमा प्रवेश गराउन महत्वपूर्ण योगदान गरे।

पहिलो हाफमा एक गोलले पछाडि परेको उरुग्वेविरूद्ध ५५ मिनेटमा पेपेले बराबरी गोल गरेका थिए। तर, त्यसको ७ मिनेट भित्रै काभानीले अर्को गोल फर्काएर आफ्नो टोलीको जित सुनिश्चत पारे।

काभानीको विश्वकपमा यो तेस्रो गोल थियो। उनले पहिलो गोल लुइस सुआरेजको क्रसमा  गरेका थिए। अर्को गोल कर्ली भलीमा गरेका थिए।

पोर्चुगाली कप्तान क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके। पराजयसँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ।

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७