एकैदिन सकियो मेस्सी र रोनाल्डोको विश्वकप यात्रा


१७ असार २०७५, आईतवार
Untitled 1

काठमाडौं, १८ असार : फुटबलका दुई महारथी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको टिम विश्वकपबाट एकैदिन बाहिरिएको छ । मेस्सीको कप्तानीमा रहेको अर्जेेन्टिना फ्रान्ससँग पराजित भयो भने रोनाल्डोको कप्तानीमा पोर्चुगल उरुग्वेसँग पराजित भयो । मेस्सी र रोनाल्डोको लागि सम्भवत यो विश्वकप अन्तिम हो ।Untitled 1

 

क्लबहरुका लागि महत्वपूर्ण उपाधी दिलाएका मेस्सी र रोनाल्डोको विश्वकप जित्ने सपनामा एकैदिन ठेस लागेको छ । यी दुईमध्ये को एक नम्बर खेलाडी भनेर बहस हुने गरेको छ । यो विश्वकपमा कुनै एकजनाले देशलाई विश्वकप जिताएको भए सायद यो बहसको निचोड आउने थियो । तर, त्यसो हुन सकेन । मेस्सी बार्सिलोनाबाट १३ वर्षदेखि खेलिरहेका छन् भने रोनाल्डो रियल मड्रिडबाट ८ वर्षदेखि खेलिरहेका छन् ।

शनिबार राति भएको खेलमा दुई पटकको विजेता अर्जे्न्टिना फ्रान्ससँग ४–३ गोलले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो । यता इडिन्सन काभानीको निर्णायक दुई गोलको सहयोगले युरो विजेता पोर्चुगललाई २–१ ले पराजित गर्दै उरुग्वे विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ, भने पोर्चुगल बाहिरिएको छ ।Mess and argentina अर्जेन्टिनाका लागि 2

4DC9886400000578 5903911 image m 137 1530374795104

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७