चितवनमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते
चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मो बस दुर्घटना हुँदा पल्टँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेकाे बस ।
भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस आइतबार बिहान ६ः४५ बजे अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यू भएको हो ।
दुर्घटनामा १८ जना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।