चितवनमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते


१७ असार २०७५, आईतवार
accident

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मो बस दुर्घटना हुँदा पल्टँदा एक जनाको मृत्यु भएको छ ।accidentदुर्घटनामा परेकाे बस ।

भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस आइतबार बिहान ६ः४५ बजे अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यू भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७