मास्चेरानोले लिए सन्यास मेस्सी तयारीमा


१७ असार २०७५, आईतवार
messi and mascherano

काठमाडौं १७ असार । २१ औँ संस्करणको विश्वकप नककाउट चरणको खेल हिजो अर्थात् शनिवार रातीबाट सुरु भएको छ । यो विश्वकपमा दावेदार मानिएको राष्ट्रहरूको त्यति दमदार प्रस्तुति देखिँदैन । यसको एक उदाहरण साबिक विजेता जर्मनीलाई नियाले काफी हुन्छ ।

messi and mascherano
लिओनल मेस्सी र जाभिएर आलेजान्द्रो मास्चेरानो

२ पटकको विश्वविजेता अर्जेन्टिनाको पनि हालत उस्तै देखियो । ठूलो समस्या लिएर रसिया आएका अर्जेन्टिना जेनतेन समुहचरणबाट उपविजेता बनेर अन्तिम सोह्र प्रवेश गरे पनि बाहिरिएको छ । अर्जेन्टिनाको अन्तिम २ खेलमा केही लयमा फर्किए पनि अपेक्षा अनुरूप खेल्न नसकेकै हो । समस्या थियो डिफेन्समा । फ्रन्सका स्टार लोटिन किलियन एमबाप्वेलाई रोक्न सकेनन् । त्यो नै थियो अर्जेन्टिनाको पराजयको मुख्य कारण ।

अर्जेन्टिनासँग राम्रा स्टार खेलाडी भए पनि फ्रान्सका उम्टिटी, राफेल भेरानो र लुकास हर्नान्डेज जस्ता भरपर्दा डिफेन्स चिर्न मुस्किल थियो । त्यसैको परिणाम फ्रान्सले ४-३ को नतिजा निकाल्दै क्वार्टर फाइनलमा प्रवेश गरे ।

अजेन्टिना अन्तिम सोह्रबाट बाहिरिएपछि अर्जेन्टिनाका डिफेन्डर जाभिएर आलेजान्द्रो मास्चेरानोले अन्तर्राष्ट्रिय खेलबाट सन्या लिएको घोषणा गरेका छन् । बार्सिलोनाबाट ब्यवसाहिक फुटबल खेल्ने ३४ वर्षीय मास्चेरानो अब अर्जेन्टिनाको फ्यान मात्रै रहेको बताएका छन् । मास्चेरानोले फ्रान्ससँग पराजय भएपछि डिपोर्ट टेलिभिजनमा कुरो गर्दै भनेका छन्, व्यक्तिगत रूपमा मेरा लागि सबै पुरा भयो । अबदेखि म थपिएको अर्जेन्टिनाको फ्यान हुँ ।’ लगातार ४ पटक विश्वकप खेलेका मास्चेरानो २००३ मा सिनियर फुटबल करियर सुरु गरेका थिए ।

lionel messi and masherano
लिओनल मेस्सी र जाभिएर आलेजान्द्रो मास्चेरानो

त्यस्तै अर्जेन्टिनाका स्टार स्टाइकर लिओनल आन्द्रेस मेस्सीले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेको डेल्लि मिररले जनाएको छ । सन् २०१६ मा सन्यास लिने घोषणा गरे पनि फिर्ता लिएका मेस्सीले यस पटक भने फिर्ता नलिने मिररको दाबी छ । मेस्सीले २०१६ मा गरेको सन्यास घोषणा प्रशिक्षक, समर्थक र खेलाडीको दबाबका कारण फिर्ता लिएका थिए ।

मेस्सीले सन् २०१४ को विश्वकप फाइनमा र ३ पटक कोपा अमेरिकाको फाइनलमा पराजय बेहाेरेपछि आलोचना खेपेका मेस्सीले सन्यास घोषणा गरेका थिए । मेस्सीले अर्जेन्टिनालाई ठूलो उपाधि जिताउन नसके पनि बेइजिङमा सम्पन्न भएको ओलम्पिकमा स्वर्णपदक अर्जेन्टिनालाई दिलाएका छन् । सन् २००५ मा यू–२० विश्वकपको उपाधि पनि जिताएका छन् ।

असाधारण प्रतिभाको धनी मेस्सीले व्यक्तिगत रूपमा पनि प्रशस्तै सफलता हासिल गरेका छन् । उनले ५ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीले पाउने बालोन डी’अर अवार्ड जितिसकेका छन् । मेस्सी सन् २०११-०१२ को सिजनमा लासलिगामा सर्वाधिक गोल गर्ने खेलाडीमा गिनिजबुकमा नाम समेत लेखाएका छन् । उनले त्यो लिगमा व्यक्तिगत रूपमा ५० गोल गरेका थिए ।

ला लिगामा सार्बधिक गोल गर्ने उनकै नाममा छ । मेस्सीले सन् २००४ मा बार्सिलोनामा डेब्यू गरे पनि उनको छिटै युवा स्टार खेलाडीहरू साथी बने । मेस्सीले बार्सिलोनमा प्रवेश गरेको २ वर्षमै धेरै समर्थक कमाइसकेका थिए । उनले सन् २००९ सम्ममा त बादशाहको रूपमा अगाडी बढिसकेका थिए । त्यो वर्ष मेस्सी र बार्सिलोनाले ६ वटा ट्रफी उचाल्दै सनसनी मच्चाएका थिए । सो वर्ष मेस्सीले कोपा डेल रे, ला लागि, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग र युएफा सुपर लिग जस्ता ठूला उपाधि उचालेका थिए ।

एक वर्षमा यतीका सफल हातपार्न जनुक कुनै क्लबलाई सजिलो छैन । उचालेका पनि छैनन् । बार्सिलोनाका लागि यो क्रम जारी नै छ । मेस्सीले यसै वर्ष बार्सिलोनालाई लालिगा र कोपा डेल रेको उपाधि जिताएका छन् । आजसम्म ९ सिजन खेलेका मेस्सीले प्रत्येक सिजनमा ४० भन्दा बढी गोल गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७