बलिउड अभिनेत्रीले गरिन् यसरी काठमाडौंको बदनाम


१७ असार २०७५, आईतवार
Juhi Chawala

काठमाडौं, १७ असार । सामाजिक सञ्जाल आफ्नो मनका कुरा पोख्ने र सार्वजनिक गर्ने मुखय थलो बनिरहेको छ । सामाजिक सञ्जालमा लेखेका सबै कुरा सकारात्मक मात्र हुँदैनन् कहिलेकाहीं सामाजिक सञ्जालमा फ्याट्ट लेखेको कुरा अरुले गलत रुपमा बुझ्न पनि सक्छन् ।Juhi Chawala

बलिउड अभिनेत्री जुही चावलाले ट्वीटरमामार्फत गरेको काठमाडौंको भ्रमण अनुभवले अहिले काडमाडौंलाई मात्र बदनाम गरेको छैन उनको समेत अलोचना हुन थालेको छ ।
अभिनेत्री चावलाले काठमाडौं भ्रमणका क्रममा धूलो, धुँवा, ट्राफिक जाम र फोहरले समस्या भएको ट्वीट गरेकी छिन् । अभिनेत्री चावलाले फोहर, धूलो, धुँवाका कारण आफूले नाक मुखमा मास्क लगाएर यात्रा गरेको ट्वीटमार्फत जनाएकी छिन् ।

शनिबार अभिनेत्री चावलाले पशुपतिनाथको मन्दिरमा पूजा गरेपछि गाडी कुर्दै गरेका बेला मुख छोपेर बसेको तस्बिर पनि ट्वीट गरेकी छिन् । उनको ट्वीटले काठमाडौंको बास्तविकता झल्काए पनि त्यसबाट नेपाली समर्थकहरूको मन दुखाएको छ । बलिउड अभिनेत्री चावलाको ट्वीटको नेपालीहरूले सामाजिक सञ्जालमा आलोचना गरेका छन् ।

बेलाबेला बलिउडका कलाकारले नेपालविरुद्ध अभिव्यक्ति दिने गरेका छन् । उनीहरूले नेपाललाई होच्याउने गर्दा नेपालीहरूको आलोचना पनि खेप्दै आएका छन् । उनको ट्वीटले पनि नेपालको भौतिक विकासको अवस्थालाई खिसी गरेको रुममा धेरैले बुझेका छन् ।

यस्ताे लेखिन्

juhi

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७