प्रदेश २ मा फोरम र राजपाको मुख्यमन्त्री उम्मेदवार महन्त ठाकुर


१५ कार्तिक २०७४, बुधबार

काठमाडौं : सङ्घीय समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रदेश नम्बर २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । सङ्घीय समाजवादी फोमरसंग चुनावी तालमेल गरेपछि ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीमा अगाडी सार्ने निर्ण गरेको हो ।

sanghiya forum and rajapa
ठाकुर कहाँबाट चुनाव लड्ने भन्ने टुङगो लागि सकेको छैन । यस अघिको निर्वाचनमा ठाकुर सर्लाहीबा लड्दै आएका थिए । यस पटक भने ठाकुर महोत्तरीको क्षेत्रनम्बर ३ बाट उठ्ने सम्भावना रहेको छ । महोत्तरी ठाकुरको पैत्रिक गाउँ भएको हुनाले ‘क’ वा ‘ख’मध्ये कुनै एकबाट चुनाव लड्ने सम्भावना छ । यी २ वटा क्षेत्रबाट उम्मेदवार नबने सर्लाहीको कुनै क्षेत्रबाट उम्मेद्वा बन्ने निश्चित छ ।
यसै गरी राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्ने भनिए पनि उनको पनि क्षेत्र टुंगो लागिसकेको छैन । सिट बाँडफाँट अनुसार पर्साको क्षेत्रनम्बर ४ बाट प्रतिनिधिसभा उम्मेदवारको रूपमा लक्ष्मणलाल कर्णलाई अघि सारिएको छ ।
यस अघिनै फोरम र राजपाले प्रतिनिधिसभा र प्रदेशसभामा सिट बाँडफाँट गरिसकेका छन् । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ मध्ये १७ सिट फोरमले पाएको छ । भने १५ सिट राजपाले लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७