जुुम्लाको सरकारी अड्डा अनसनस्थल होइन, खुल्ला मञ्चमा बसे हुन्छ : मन्त्री बास्कोटा


१७ असार २०७५, आईतवार
Gokul baskot

काठमाडौं, १७ असार । नेपाल सरकारका प्रवक्त समेत रहेका सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले चिकित्सासम्बन्धी विधेयकमा सरकार ‘ब्याक’ नहुने दावी गरेका छन् ।Gokul baskot

काठमाडौंमा मेडिकल कलेज खोल्नै नदिने भन्ने कुरा जायज नभएको उनले बताएका छन् । उनले डा. गोविन्द केसीको अनसनलाई लक्षित गर्दै भने, ‘कसैले केही भनेका आधारमा त्यो पूरा गरेको गर्‍यै गर्न सकिंदैन ।’

डा. गोविन्द केसीले जुम्लाको खलंगास्थित कभर्ड हलमा शनिबारदेखि अनसन थालेका छन् । सरकारले संसदबाट पारित गर्न लागेको चिकित्साशास्त्र सम्बन्धी विधेयकको विरोधमा डा. केसीले अनसन थालेका हुन् । तर, केसीको अनसनप्रति केपी ओली नेतृत्वको सरकार खासै गम्भीर देखिँदैन । कुनै व्यक्तिले अनसन बसेर माग गर्दैमा सरकार ती माग पूरा नगर्ने सरकारी अधिकारीहरुको अडान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७