एसईइ पूरक परीक्षा साउन २३ गतेदेखि, कुन विषयको परीक्षा कहिले (रुटिनसहित)

काठमाडौं, १७ असार । एसईई पूरक परीक्षा साउन २३ गते बुधबारबाट सञ्चालन हुने भएको छ । असार ९ गतेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको हो ।

गएको वर्ष माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा एक्जाम्टेड समूहबाट परीक्षामा सम्मिलित भई सैद्धान्तिकतर्फ कुनै दुई विषयमा सी, डी प्लस, डी वा इ ग्रेड प्राप्त गरेका वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका अथवा दुई विषयसम्ममा ग्रेड उल्लेख नभएका परीक्षर्थीहरुका लागि बोर्डले उक्त निर्णय गरेको बताइएको छ ।

बोर्डको अनुसार सो परीक्षामा सम्मिलित हुन चाहने परीक्षर्थीहरुले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को मूल परीक्षाको नियमित तथा एक्जाम्टेड समूहबाटै उपलब्ध गराइएको प्रवेशपत्रको आधारमा आवश्यक प्रक्रिया पूरा अघि बढाउन सक्नेछन् । प्रक्रिया अनुसार सम्बन्धित विद्यालयमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा असार २५ गतेभित्र तोकिएको ढाँचामा फोटो टाँसी आवेदन दिन सूचना प्रकाशित गरिएको छ । बोर्डले भनेको छ, ‘सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले यसै सूचनालाई आधार मानी आवश्यक व्यवस्था मिलाउनु अनुरोध गर्दछौं ।’ थप जानकारीको लागि http://www.neb.gov.np राष्ट्रिय परीक्षा बोर्डको वेवसाईट हेर्न सकिनेछ ।

हेर्नुस् रुटिन

प्रतिक्रिया दिनुहोस्