एसईइ पूरक परीक्षा साउन २३ गतेदेखि, कुन विषयको परीक्षा कहिले (रुटिनसहित)


१७ असार २०७५, आईतवार
see

काठमाडौं, १७ असार । एसईई पूरक परीक्षा साउन २३ गते बुधबारबाट सञ्चालन हुने भएको छ । असार ९ गतेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयानुसार पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको हो ।see

गएको वर्ष माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा एक्जाम्टेड समूहबाट परीक्षामा सम्मिलित भई सैद्धान्तिकतर्फ कुनै दुई विषयमा सी, डी प्लस, डी वा इ ग्रेड प्राप्त गरेका वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका अथवा दुई विषयसम्ममा ग्रेड उल्लेख नभएका परीक्षर्थीहरुका लागि बोर्डले उक्त निर्णय गरेको बताइएको छ ।

बोर्डको अनुसार सो परीक्षामा सम्मिलित हुन चाहने परीक्षर्थीहरुले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को मूल परीक्षाको नियमित तथा एक्जाम्टेड समूहबाटै उपलब्ध गराइएको प्रवेशपत्रको आधारमा आवश्यक प्रक्रिया पूरा अघि बढाउन सक्नेछन् । प्रक्रिया अनुसार सम्बन्धित विद्यालयमार्फत शिक्षा विकास तथा समन्वय इकाईमा असार २५ गतेभित्र तोकिएको ढाँचामा फोटो टाँसी आवेदन दिन सूचना प्रकाशित गरिएको छ । बोर्डले भनेको छ, ‘सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईहरुले यसै सूचनालाई आधार मानी आवश्यक व्यवस्था मिलाउनु अनुरोध गर्दछौं ।’ थप जानकारीको लागि http://www.neb.gov.np राष्ट्रिय परीक्षा बोर्डको वेवसाईट हेर्न सकिनेछ ।

हेर्नुस् रुटिनrutin

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७