संकटमा लोकतान्त्रिक गठबन्धन: मेची अञ्चलमा राप्रपाले वामलाई सघाउने


१५ कार्तिक २०७४, बुधबार
rajendra lingsen 12

काठमाडौं : काँग्रेस र राप्रकोको लोकतान्त्रिक गठबन्दनले पूर्णता नपाउने सङ्केत देखिएको छ । काँग्रेसले राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनविरुद्ध कृष्णप्रसाद सिटौंलाको उम्मेद्दवारी दिएपछि गठबन्दन टुटको संघारमा पुगेको हो ।
कृष्णप्रसाद सिटौंला समानुपातिकमा रहने भनेपछि झापा ३ मा लिङदेको उम्मेदवारी परेको थियो । तर, पछि सिटौंलाले समानुपातिकमा रहन असन्तुष्ट व्यक्त गरेपछि लिङदेनको क्षेत्रमा सिटौंलाको उम्मेदवार हो । सिटौंलाको उम्मेदवारी परेसँगै राप्रपाले गठबन्दनमा धोका भएको भन्दै झापामा काँग्रेससँग गठबन्दन तोडेको थियो ।

rajendra lingsen 12
राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन

स्रोतका अनुसार राप्रपाले काँगेसेको साथ छोड्ने पक्का रहेको छ । राप्रपाले वाम गठबन्दनसँग चुनावी तालमेलको लागि कुरा अगाडी बढाइरहेको पनि स्रोतले बतायो । झापा ३ मा राप्रपालाका राजेन्द्र लिङदेनलाई सहयोग गने छ । भने, राप्रपाले मेची अञ्चलभर वाम गठबन्दनलाई सहयोग गर्ने छ । बिहीबार वाम गठबन्धनमा रहेको एमाले र माओवादीले औपचारिक रुपामा अपरान्ह झापामा पत्रकार सम्मेलन गरेर झपा ३ मा लिङदेनलाई सघाउने जानकारी दिने तयारी गरेका छन् ।
उता राप्रपाका अध्यक्ष कमल थापा उम्मेदवार हुने भनिएको मकवानपुर–१ पनि किचलो सुरु भएको छ । थापा उठ्ने भनिएको उक्त क्षेत्रमा काँग्रेसका जिल्ला तहका नेताहरूले थापलाई समर्थन गर्न अस्विाकार गरेको छ । तर मकवानपुर–१ मा काँग्रेसको तर्फबाट उम्मेदवारी परेमा राप्रपा औपचारिक रूपमा राप्रपा गठबन्धनबाट बाहिरिने पक्का छ । झापा–३ मा समस्या देखिएपनि काँग्रेस–राप्रपाले गठबन्धन कायमै राख्ने बताएका छन् ।
काँग्रेसले राप्रपालाई प्रतिनिधिसभामा ७ र प्रदेश सभामा २५ दिने सहमति भएपछि काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्दन बनेको थियो । तर, उक्त सहमति कार्यन्वयन हुन नसक्दा लोकतान्त्रिक गबठबन्दन सङ्कटमा परेको हो । सहमति पत्रमा काँग्रेस नेता बिमलेन्द्र निधि र राप्रपा नेता बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन् । हस्ताक्षर भएको सहमतिमा गठबन्धन र सरकारमा सहभागिता सम्बन्धी पनि उल्लेख छन् ।
सो सहमतिपत्रमा झापा–३, मकवानपुर–१, काठमाडौँ–७, दैलेख १, बाँके–२, धनुषा–२ र पर्सा–१ राप्रपाले पाउने भनी उल्लेख गरे तापनि उक्त ठाउँमा काँग्रेसले नै दाबी गरिरहेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७