राजपाको केन्द्रीय उपाध्यक्षसहित रुपन्देहीबाट निर्वाचित सबै जनप्रतिनिधि एमालेमा प्रवेश

प्रकाशित मिति : November 1, 2017

रुपन्देही : राष्ट्रिय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) सहित ३ केन्द्रीय सदस्य र रुपन्देहीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको नेकपा (एमाले) प्रवेश गरेका छन् ।  राजपाका राष्ट्रिय उपाध्यक्ष यादवलाई एमाले उपाध्यक्ष बामदेव गौतम र उप महासचिब बिष्णु पौडेलले सोमबार एमाले प्रवेश  गराएका हुन्।  एमाले प्रवेशपछि यहाँको चुनावी आकडा नै बदलिएको छ ।

प्रवेश गर्नेमा यादवसहित केन्द्रीय सदस्य मुरारीलाल अग्रवाल, हजरत बिलाल, अम्बिका त्रिपाठी, पल्लबी शुक्ला, पूर्व प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खा, नेता ओमप्रकाश दुवे,  जिल्ला सदस्य रामबृक्ष यादव, समरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्र शुक्ला (बब्लु), लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड १० का वडाध्यक्ष मुवारत अली लगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

पूर्व मन्त्री गुल्जारीले मधेशी नेताले जनतालाई भ्रममा राखेर राजनीति गरेको भन्दै देश विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको विकल्प नभएको बताए। ‘मधेशी जनता भ्रममा रहनु हुँदैन, अब मधेशमा विकास गर्ने बेला भएको छ’ यादवले भने, ‘त्यसका लागि एमाले बाहेक अर्को विकल्प छैन ।’

पूर्व सांसद यादव रुपन्देही क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने सम्भावना छ । उनले यसअघि यसै क्षेत्रबाट संबिधानसभा सदस्यमा विजय हासिल गरेको थियो । रुपन्देहीमा एमाले कमजोर मानिएको मर्चवार क्षेत्रमा यादवको एमाले प्रवेशले तरंग ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्