राप्ती नदीमा पानीको बहाब बढ्यो, सौराहा पव क्षेत्रका व्यवसायी सर्न थाले


१८ असार २०७५, सोमबार
sauraha bebasai saman sardai
तस्बिर : नारायणी अनलाईन ।

चितवन, १८ असार । चितवनको राप्ती नदीमा पनि पानीको बहाब बढ्दै गईरहेको छ । आइतबारदेखीको परेको निरन्तरको वर्षाले राप्तीको बहाब बढ्दै गएपछि सौराहा पव क्षेत्रका व्यवसायीहरुले सामानसहित सुरक्षित स्थानमा सार्न थालेका छन् ।

sauraha bebasai saman sardai
तस्बिर : नारायणी अनलाईन ।

गत वर्ष यस क्षेत्रका व्यवसायीहरुले ठुलो क्षति ब्यहोर्नु परेको थियो । जसका कारण पनि यो वर्ष व्यवसायीहरु बेलैमा सामानहरु सुरक्षित स्थानमा सर्न थालेको छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले गतवर्षको बाढीले त्रसित बनेका सौराहाका व्यवसायीहरु यसपटक पनि त्रासमै रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७