लोकतान्त्रिक गठबन्धनबाट फोर र राजपा बाहिरिने


१५ कार्तिक २०७४, बुधबार
samajbadi phoram rajapa and raprapa मसाल साइकल र गार्इ

काठमाडौँ : लोकतान्त्रिक गठबन्धन संघीय समाजवादी फाेरम,  राष्ट्रिय जनता पार्टी नेपाल र काँग्रेसबीच बालुवाटारमा भएको बैठक बिना निष्कर्ष टुंगिएको छ । धनुषाको ३ नम्बर क्षेत्र काँग्रेस नेता विमलेन्द्र निधिले नछाडेपछि सहमति हुन नसकेको हो ।

samajbadi phoram rajapa and raprapa मसाल साइकल र गार्इ
राजपाका नेताहरु बहिरिएसँगै कांग्रेसको लोकतान्त्रिक गठबन्धन नबन्ने देखिएको छ । धनुषाका तीन नम्बर क्षेत्रबाट राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि चुनाव लड्ने र त्यहाँ काँग्रेसले सहयोग गर्नुपर्ने राजपा नेपालको माग गरेको थियो ।
यस्तै राजपाले  सर्लाहीको चार नम्बर क्षेत्र वा धनुषाको तीन नम्बर क्षेत्रमध्ये एक आफूहरुलाई दिन आग्रह गरेका थिए । तर, काँग्रेसले दुई मध्ये कुनै पनि खाली गर्न तयार नदेखिएपछि सहमति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।
सर्लाही चारबाट डा. अमेरशकुमार सिंह उम्मेदवारी दिने तय भइसकेको छ । सर्लाही चारबाट काँग्रेसले सिंहलाई टिकट नदिएको खण्डमा त्यहाँबाट महतोले चुनाव लड्ने सम्भावना थियो । तर सिंहले नमानेपछि राजेन्द्र महतोले धनुषा तीनका लागि आफ्नो उम्मेदवारी तय गरेका हुन् ।
धनुषाको चारबाट चुनाव लडेपछि काँग्रेसले त्यहाँ उम्मेदवारी नदिने प्रस्ताव गिरीले अघि सारेपछि राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले ‘तपाईंहरुले जे–जे भन्नुहुन्छ त्यही मान्नुपर्छ भने के छ ? न तपाईंहरु सर्लाही छाड्न चाहनुहुन्छ न धनुषा छाड्न चाहनुहुन्छ । हामीलाई मात्र छाड्न भन्नुहुन्छ । तपाईहरुले गर्न चाहीँ खोज्नुभएको के हो ?’ भन्दै रोष प्रकट गरेका थिए ।
मधेशी दलले धनुषाको क्षेत्र नम्बर तीन माग्दा विमलेन्द्र निधिले राजेन्द्र महतोलाई ‘धनुषा क्षेत्र नम्बर तीनबाट प्रदेशसभामा लड्नुस् काँग्रेसले सघाउँछ’ भनेपछि महतो भड्किएका थिए ।
नेपाली काँग्रेसका नेता प्रदिप गिरीको आग्रहमा आजको बैठक बसेको थियो । बैठकममा गिरीले राजेन्द्र महतोलाई धनुषाको चारबाट चुनाव लड्न पनि आग्रह गरेका थिए ।
यस अगाडीनै राप्रपा काँग्रेसबाट असन्तुष्ट भएका छन् । राप्रपाले मेची अञ्चलमा वाम गठबन्दनलाई सघाउने निर्णय गरेका छन् । भने, राप्रपाका महामन्त्रीलाई झापा ३ मा वाम गठबन्दनले सहयोग गर्ने समाचार आइसकेको छ । भने, राप्रपा अध्यक्ष कमल थापा उठ्ने भनिइएको मकवानपुर १ मा पनि काँग्रेसका जिल्ला स्तरका नेताहरूले दाबी गरेको कारण राप्रपा असन्तुष्ट रहेका छन् । राप्रपाले मकवान पुर १ मा पनि काँग्रेसको साथ पाउन नसकेको खण्डमा देश भर लोकान्त्रिक गठबन्धन तोड्ने राप्रपाको तयारी छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७