मेक्सिको ब्राजिलविरुद्ध सबैभन्दा भाग्यमानी टिम


१८ असार २०७५, सोमबार
braz vs

सामरा, १८ असार (रोयटर्स) । पाँचपल्टको विश्वकप विजेता ब्राजिलविरुद्ध सफलताको राम्रो आँकडा बोकेका टिम बिरलै पाइन्छ । पछिल्ला केही वर्षको तथ्यांक आधार मान्ने हो भने मेक्सिको एउटा त्यस्तै भाग्यमानी टिम हो, ब्राजिललाई दबाबमा राख्नसक्ने । ब्राजिलले सोमबार अन्तिम १६ को खेलमा यही टिमको सामना गर्दै छ, डरलाग्दो प्रतिद्वन्द्वीका रूपमा ।braz vs

सन् २००० यता नकआउट चरणमा सात टिमले ब्राजिललाई हराउन सकेको छैन । यसै समयमा मेक्सिकोले ब्राजिलविरुद्धका १४ मध्ये ६ खेलमा जित हात पारेको छ । मेक्सिकोलाई छाडेर फ्रान्समात्र त्यस्तो टिम हो, जससँग ब्राजिलविरुद्ध राम्रो प्रदर्शनको उदाहरण छ । अझ मेक्सिकोले ब्राजिलविरुद्धका पछिल्ला ९ मध्ये ६ खेलमा जित निकालेको छ ।

यसबीच मेक्सिको दुईपल्ट मात्र पराजित रह्यो । त्यसैले ब्राजिलको सामना गर्दा मेक्सिको आत्मविश्वासी रहने छ । सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक जित्दा पनि मेक्सिकोले ब्राजिललाई नै हराएको थियो । मेक्सिकोले चार वर्षअगाडिको विश्वकप समूह चरणमा ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो । तर मेक्सिकोलाई पार लगाउन सक्यो भने ब्राजिल भाग्यमानी साबित भएको घटना पनि छ ।

पछिल्ला केही वर्षमा मेक्सिकोले व्यक्तिगत रूपमा लगातार उत्कृष्ट खेलाडीको उत्पादन पनि गरिरहेको छ । तर जतिबेला निर्णायक खेल हुन्छ, ठीक त्यही बेला टिमको प्रदर्शन कमजोर हुने गर्छ । विश्वकप नकआउट चरणमा सबैभन्दा खराब प्रदर्शनको कीर्तिमान मेक्सिकोकै नाममा छ । यसअघिका ६ विश्वकपमा मेक्सिको लगातार अन्तिम १६ मै आएर रोकिएको छ ।

सन् १९८६ मा मेक्सिको अन्तिमपल्ट क्वाटरफाइनल पुगेको थियो । मेक्सिकोले यस्तै उपलब्धि दोर्होयाउने हो भने यसपल्ट ब्राजिलले पेस गरेको चुनौती पार गर्नुपर्नेछ । इतिहासले जस्तै भने पनि यो खेल निकै रोमाञ्चक हुनेछ । केही हदसम्म तनावपूर्ण पनि ।

मेक्सिकोले यो खेलमा जित निकाल्न सके यो उसको फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हुनसक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७