नेयमारले हान्यो पहिलो गोल
काठमाडौं, १८ असार । रसियामा जारी प्रिक्वाटर फाइनल अन्तर्गतको मेक्सिको र ब्राजिलबीचको खेलमा नेयमारले पहिलो गोल हानेको छ । रसियाको सामारा एरिना रंगशालामा भइरहेको खेलको ५१ औं मिनेटमा गोल हानेका हुन् ।
उनको गोलसँगै ब्राजिलले १–०को अग्रता लिएको छ । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो ।