ब्राजिल क्वाटरफाइनलमा प्रवेश, मेक्सिको २–० गोलले पराजित

काठमाडौं, १८ असार । ब्राजिल रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । रसियाको सामारा एरिना रंगशालामा भएको प्रिक्वाटर फाइनल खेलमा मेक्सिकोलाई २–० हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफमा ब्राजिलले अग्रता लिए । ब्राजिलको लागि नेयमारले खेलको ५१ औं मिनेटमा पहिलो गोल गरे । नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरेका हुन्।
यस्तै ब्राजिलको लागि रोबेर्ट फिरमियाले ८८ औं मिनेटमा गोल ग¥र्यो । यसअघिको पहिलो हाफ बराबरीमा सकिएको थियो ।उनले नेइमारबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए।
अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि केहि समयपछि हुने बेल्जियम तथा जापानबीचको खेलको विजेतासँग खेल्नेछ।