ब्राजिल क्वाटरफाइनलमा प्रवेश, मेक्सिको २–० गोलले पराजित


१८ असार २०७५, सोमबार

काठमाडौं, १८ असार । ब्राजिल रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । रसियाको सामारा एरिना रंगशालामा भएको प्रिक्वाटर फाइनल खेलमा मेक्सिकोलाई २–० हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा ब्राजिलले अग्रता लिए । ब्राजिलको लागि नेयमारले खेलको ५१ औं मिनेटमा पहिलो गोल गरे । नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरेका हुन्।

यस्तै ब्राजिलको लागि रोबेर्ट फिरमियाले ८८ औं मिनेटमा गोल ग¥र्यो । यसअघिको पहिलो हाफ बराबरीमा सकिएको थियो ।उनले नेइमारबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए।

अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि केहि समयपछि हुने बेल्जियम तथा जापानबीचको खेलको विजेतासँग खेल्नेछ।

 

tag reuters.com2018 newsml RC19544AC160 1826906276 768x432 1

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७