बेल्जियमको सनसनीपूर्ण जीतमा जापानको पीडादायी बिदाई


१९ असार २०७५, मंगलवार
Belgium v Japan

एजेन्सी :  जापान र बेल्जियमबीचको रोमाञ्चक खेलमा बेल्जियमले ३–२ को सनसनीपूर्ण विजय निकालेको छ । रोमाञ्चक खेल सहित अन्तिम समयसम्म बेल्जियमलाई दबाबमा राखेको जापन अन्तिम मिनेट सम्हालिन नसक्दा घर फर्किनु परेको छ ।

Belgium v Japan

अन्तिम समयमा बेल्जियमले गोल गरेको क्षण जापनको लागि निकै पीडदायी क्षण भयो । खेलको इन्जुरी समयमा बेल्जियमले काउन्टर एट्याकमा बेल्जियमको पोष्टतिर सबै डिफेन्स फाइदा उठाउँदै बेल्जियमका चडालीले ९४ औं मिनेटमा गरेका हुन् ।

काउन्टर एट्याकमा गोल खानुअघि जापानले बेल्जियमविरूद्ध कर्नर पाएको थियो । उसका प्रायः सबै खेलाडी बेल्जियमको पोस्टमा थिए । बेल्जियमले त्यसैको फाइदा उठाउँदै जापान विरूद्ध विजयी गोल गरेर जापनलाई पराजित गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेका जापान र बेल्जियमबीचको खेलमा जापानले तीन मिनेटभित्र दुई गोल हानेका थिए । जापानले दोश्रो हाफको तीन मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो ।

नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्रका लागि जापानका हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए । जापानको सो गोलबाट उम्कन नपाउँदै जापानले बेल्जियमलाई ३ मिनेटमा नै अर्को गोल गरेका थिए । जापानका लागि ५१ औं मिनेटमा जापानका इनुले दोश्रो गोल गरेका हुन् ।

खेलमा जापानले यसरी लगातार दुई गोल गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावनालाई बढाएको थियो । तर २ गोलको अग्रताले हौसिएको जापान त्यसपछि रक्षात्मक हुँदा उसले सो सम्भावना र अग्रतालाई धेरै बेर जोगाउन सकेन् ।

३ मिनेटभित्र २ गोलको झट्का बेहोरेको बेल्जियमले जापानलाई ५ मिनेट भित्र लगातार २ गोल गर्दै बराबरी गरेको थियो । बेल्जियमका लागि पहिलो गोल खेलको भेर्टङ्गनले खेलको ६९ औं मिनेटमा गरे भने दोश्रो गोल फेलानीले ७४ औं मिनेटमा हेडमार्फत गरे । सेमिफाइनल फ्रवेशका लागि बेल्जियमले ब्राजिलसँग शुक्रबार कजान रंगशालामा भिडन्त गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७