सुनसरीमा भारतीय जीप दुर्घटना, ६ जनाको मृत्यु, तीन घाइते

काठमाडाैं, १९ असार । सुनसरीको कोशी कटानमा भारतीय जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । भने तीन जना घाइते भएका छन् ।
इनरुवाबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०६ टीबी ६४१८ नं. को भारतीय बोलेरो जीप महेन्द्र राजमार्गबाट पल्टेर कोशी कटानको दहमा डुबेको हो ।
दुर्घटनामा घाइते तीनमध्ये अन्य दुईको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरी जानकारी दिए। तीन जनाको जिल्ला अस्पताल इनरुवामा र तीन जनाको विराटनगरस्थित सञ्जीवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा भारतको सुपौल जिल्लास्थित लक्ष्मनीयाका ६ जनाको ज्यान गएको हाे । मृत्यु हुनेमा ७ वर्षका गोनुकुमार र ४० वर्षका सञ्जीव कुमारको नाम खुलेको छ । अरुको पह्चिान हुन बाँकी रहेको प्रहरी बताएकाे छ ।