अाजकाे राशिफल-वि.सं. २०७५ साल असार १९ गते।

अाजको पञ्चाङ्ग
वि.सं. २०७५ साल असार १९ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई ३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– पञ्चमी, १८:३५ बजेउप्रान्त षष्ठी। नक्षत्र– शतभिषा, २४:१८ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– आयुष्मान्, २९:११ बजेउप्रान्त सौभाग्य। करण– कौलव, ५:५५ बजेदेखि तैतिल, १८:३५ बजेउप्रान्त गर। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३० पला। पञ्चक।
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर व्यवहारको समस्याले सताउला । नाक तथा घाँटीमा समस्या आउला । गलत निर्णय लिनपुगिएला । व्यवसायमा मन्दी आउला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अचल सम्पत्ती हात पर्ने योगछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जनमा सहभागीता भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । शिक्षामा सफलता मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारको समस्याले सताउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । गलत निर्णय लिन पुगिएला । सरकारी निकाएको भय रहनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । राज्यबाट सम्मान पाइनेछ । कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) वैदेशिक क्षेत्र कमजोर रहला । प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । – ज्यो.प.नारायणप्रसाद दुलाल