रानीपोखरी पुनःनिर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो


१९ असार २०७५, मंगलवार
0 Shares
Rani Pokhari 1
A dozer removes mud from historic Rani Pokhari or Queen’s Pond that was damaged in 2015 earthquake and left intact till date in Kathmandu, Nepal on Tuesday, July 18, 2017. Photo: Skanda Gautam

काठमाडौँ, १९ असार । रानीपोखरी पुनःनिर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ । अबको केही दिनमानै पुनःनिर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ । १८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणको क्रममा प्रयोग भएको आधुनिक निर्माणको सामग्री सबै हटाइएको हो ।

Rani Pokhari 1
 

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इञ्जिनियर राम थापाले जानकारी दिए।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

थापाले भने “आगामी आवको शुरुवातमा नै काम शुरु गरेर त्यसै आवमा नै सक्नेगरी कामपाले काम अघि बढाउने छ, सबैसँग सल्लाह भइसकेको हुनाले यसअघिजस्तो काम रोक्ने र विरोध हुँदैन तोकिएकै समयमा काम सम्पन्न हुन्छ ।”

पुरातत्व विभागबाट सहमति आएसँगै पुनःनिर्माणको काम शुरु हुने पनि कामपाले जानकारी दिएको छ । त्यसका लागि साउनको पहिलो सातासम्म कुर्नुपर्छ ।

jagdamba.cement
rbbbb

यसअघि कामपाले आगामी जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने जानकारी गराएपनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । २०७२ सालको भूकम्पको कारण रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।

पुनःनिर्माणलाई प्रभावकारी र सहज बनाउनका लागि गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । उक्त विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात नेसं ७८९ (विसं १७२५) मा भएको थियो र नेसं ७९० (विसं १७२७/इसं १६७०) मा शिलापत्र राखिएको थियो । यसलाई नेपाल संवत् ८११ इसं १६११०मा न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी भन्ने हुन्छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकुटशैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको रेखाचित्र (स्केच)बाट पनि प्रष्ट हुन्छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७