सुस्ताबासीले भत्काई दिए खेतीयोग्य जमिन डुबानमा पार्ने भारतीय गण्डक बाँध


१९ असार २०७५, मंगलवार
7 Shares
gandak nahar

काठमाडौं, १९ असार । नवलपरासीको सुस्ताबासीले खेतीयोग्य जमिन डुबानमा पार्दै आएको भारतीय गण्डक बाँध भत्काई दिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन् ।gandak nahar

सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । भारतीय नहर व्यवस्थित नहुँदा हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करीब २ सय बिघा धान खेत डुबानमा परेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल शुरु गरिएको जानकारी दिएका छन् । उनले भने, ‘गण्डक सिंचाइ आयोजनाका डिजी, सुस्ता गाउँपालिका अध्यक्ष, सुरक्षा प्रमुखसहित भारतीय पक्षसँग छलफल शुरु गरेका छौं ।’

भारतीय पक्षले साइफन सफा नगरी दिंदा र ह्युमपाइप अग्लो स्थानमा राखिदिएकाले पानी बगेर नहरमा नखस्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ । वर्षैदेखि सुस्ताबासीले डुबानको समस्या स्थायी रुपमा समाधान गर्न भारतीय पक्षलाई आग्रह गर्दै आएको भए पनि सुनुवाइ हुन सकिरहेको छैन ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७