प्रधानसेनापति क्षत्री भोलि चीन जाँदै, जनमुक्ति सेनाले दियो यस्तो निम्तो

काठमाडौं, १९ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री भोलि चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणमा क्षत्री चीन भ्रमणमा जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ । भ्रमणका क्रममा उनले उच्चपदस्थ अधिकारीहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
चीनबाट उनी म्यानमार जाने कार्यक्रम छ । त्यहाँ उच्च पदस्थ अधिकारीहरुलाई भेटेर २९ गते स्वेदेश फकने कार्यक्रम तय भएको छ । क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।