सल्यानमा जीप दुर्घटना, दुई को मृत्यु,१७ घाइते


१५ कार्तिक २०७४, बुधबार

सल्यान: सल्यानको कुपिण्डेदह भ्रमणमा गएका सुर्खेतका दुर्इ जनाको जीप दुर्घटनामा मृत्यु भएको छ । कुपिण्डेबाट फर्किने क्रममा सुपर फास्ट यातायातको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।accident

१७ जना घाइते भएको छन् । मृत्यु हुनेमा जीप चालक सुर्खेत भेरीगंगा नगरपालिका ८ लोदेका देवराज कामी र वीरेन्द्रनगर नगरपालिका ८ की धनमाया नेपाली रहेको प्रहरी निरीक्षक नरबहादुर सलामीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको मेहेलकुना अस्पताल लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७