लगातार घट्दै सुनचाँदीको मुल्य, यस्तो छ आजको भाउ!

काठमाडौं, १९ असार । आज साताको तेस्रो दिन (मंगलबार) नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले घटेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला ५७ हजार २ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदीव्यवसायी महासंघले जनाएको छ।
यसै बीच हिजो प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मुल्य आज भने तोलामा ५६ हजार ९ सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ । गत आइतबार देखि सुनचाँदीको मुल्यमा लगातार गिरावट आएको छ।
त्यस्तै, आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।