नक्कली कागजात पेश गरी लाइसेन्स बनाउने ७ जना पक्राउ


१९ असार २०७५, मंगलवार
0 Shares
licence

काठमाडौं, १९ असार । नक्कली कागजात पेश गरी लाइसेन्स बनाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट जारी भएको सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा कीर्ते कागजात पेश गरी सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने ३ जना र बिचौलियाको भूमिका निर्वाह गर्ने ४ जनासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

licence
सांकेतिक तस्विर

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महारागञ्जबाट खटिएको टोलीले उनीहरुलाई महाराजगञ्ज, जोरपाटी तथा चावहिलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सवारीचालक अनुपतिपत्र बनाउन दिनेहरु काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने ३३ बर्षीय आङकुसाङ शेर्पा, डाँछी नयाँपाटी बस्ने ३० बर्षीय अमित पुर्पेटी, काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ४६ वर्षीय लछु लामालाई पक्राउ गरिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै सवारीचालक अनुमतिपत्र बनाउन सहयोग गर्नेहरु काठमाडौं महानगरपालिका–८ जोरपाटी बस्ने ६१ बर्षीय श्रीप्रसाद बुढाथोकी, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ बस्ने २४ वर्षीय नोर्बु लामा, काभ्रे ईन्द्रावती गाउँपालिका बस्ने सिन्धुपाल्चोक सिम्पालका ४१ वर्षीय जर्सिङ तामाङ र काठमाडौं चन्द्रागिरी नगरपालिका–४ सीतापाइला बस्ने ५२ वर्षीय रामचन्द्र गौतम रहेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि सरकारी छाप दस्तखत कीर्ते मुद्दामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७