अचानक अर्धनग्न हुलले बजार परिक्रममा गरेपछि…


१९ असार २०७५, मंगलवार
0 Shares
Ardhanagna Tasbir news 1

जुम्ला, १९ असार । चार दिनदेखि अनसनरत डा. गोविन्द केसीको असमर्थनमा आज (मंगलबार जुम्ला सदरमुकाम खलङ्गामा अर्धनग्न जुलुस निकालिएको छ ।

Ardhanagna Tasbir news 1
तस्विर : सामाजिक सञ्जाल

चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका अभियान्ता डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको हो । हातमा हड्कडी लगाएर, मुखमा कालोपट्टी बाँधेर, आधा शरीर नाङ्गो पारेर कर्णालीको जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै जुलुस निकालिएको हो । जुलुस डा. गोविन्द केसी अनसन वसेको स्थान कवर्डहलवाट शुरु भएर अस्पताल र कृष्णमन्दिर हुँदै जिल्ला प्रहरी कार्यालयबाट कवर्ड हलमा आएर टुङ्गिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

डा. गोविन्द केसीको जीवनको रक्षा गर, माथेमा आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर, अनसनमा भईरहेको प्रहरी निगरानी बन्द गर, डा. केसीका माग पूरा गरलगायतका प्लेकार्ड बोकेर मौन अर्ध नग्न जुलुस निकालिएको हो । डा. केसीको माग जायज भएको भन्दै तत्काल पुरा गरेर मृत्युको मुखवाट बचाउनको लागि दवाब दिइएको छ ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले जबसम्म डा. केसीको जीवन रक्षाको ग्यारेण्टी हुँदैन तबसम्म दबाबमुलक संघर्षका कार्यक्रम जारी राखिने बताएका छन् । उनले भने, ‘यो व्यक्तिगत स्वार्थका लागि उठेको माग होइन सामुहिक भावना र मर्मअनुसार उठाइएको माग भएकाले सबै नागरिकको यसमा समर्थन छ ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७