बैंकको जागिर खाने मन छ ? तीन बैंकले माग्यो ट्रेनीदेखि अधिकृतसम्म

काठमाडौं, १९ असार । बैंकको जागिर खानका लागि तयारी गरिरहनु भएको छ ? यदि हो भनेर तयारी मात्र गरिरहने होइन तत्काल निवेदन दिनुस् । गरिमा विकास बैंक, पोखरा फाइनान्स र कालिका माइक्रोक्रेडिटले कर्मचारी माग गरेका छन् । गरिमा विकास बैंकले नयाँ शाखाको लागि केही शाखा प्रमुख, केहि बरिष्ठ सहायक र केहि ट्रेनी माग गरेको छ ।
बैंकले बानेश्वर, कुमारीपाटी, सूर्यविनायक चोक, रामबजार पोखरा, दमक झापा, योगिकुटी रुपन्देही, घोराही दाङ, नेपालगञ्ज र धनगढी शाखाकालागि कर्मचारी माग गरेको छ । आवेदकले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
पोखरा फाइनान्सले पनि प्रधान कार्यालयमा एक जना क्रेडिट तथा मार्केटिङ शाखाका लागि बरिष्ठ सहायक, एक जना रिकभरी इन्चार्ज, एक जना सूचना प्रविधि शाखामा सुपरभाइजर र तीन जना पोखरा र नारयणगढका लागि जुनियर सहायक माग गरेको छ ।
आवेदकले साउन १ गतेसम्ममा आवेदन दिनु पर्ने जनाइएको छ । यसैगरी कालिमा माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकले एक जना बरिष्ठ अधिकृत, एक जना सहायक, सुपरिवेक्षण तर्फ केही सहायक, केही बरिष्ठ सहायक, फिल्ड तर्फ केही सहायक र फिल्डतर्फ नै केही कनिष्ठ सहायकको माग गरेको छ । आवेदकले २१ दिनभित्र आवदेन दिनुपर्ने बैंकले जनाएको छ ।