बिक्रीमा राखेको पेरिसडाँडा बचाउन अभियान


१९ असार २०७५, मंगलवार
7 Shares

काठमाडौं १९ असार । तत्कालीन माओवादी केन्द्रको केन्दीय कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडाको जग्गा ऋण तिर्न भनी बिक्रीमा राखे पनि फेरी बचाउ अभियानमा लागेका छन् । पार्टी कार्यालयसँगै रहेको २१ आना जग्गा र कार्यालय बेचेर पार्टीको ऋण तिर्नु पर्छ भनी आवाज उठेको थियो । त्यसैले जग्गा साथै कार्यालय बिक्रीमा राखिएको थियो ।

perish
पेरिसडाँडामा रहेको तत्कालीन माओवादी केन्द्रका केन्द्रीय कार्यालय

उक्त जग्गा साथै कार्यालय बचेर भए पनि युवा स्वरोजगार लगायतका तिर्नु पर्ने आवाज अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष उषा देवकोटा, धनबहादुर वि.कको जोडबलमा बिक्रीमा राखिएको थियो । तर, फेरी महासंघकै दोस्रो पुस्ताका नेता कार्यकर्ताहरू पेरिसडाँडा बचाउ अभियान नामको समिति निर्माण गरेर बचाउन लागि परेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अखिल नेपाल ट्रेड युनियन महासंघ अन्तर्गतका सबै पेशागत घटकका केन्द्रीय समितिहरूको उपत्यकामा रहेका पदाधिकारीहरूले बैठक राखी पेरिसडाँडा बचाउ अभियान चलाइको हो । पार्टी कार्यालय वरिपरि रहेको २१ आना जग्गा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष जय कार्की तथा पूर्व उपाध्यक्ष बाबुराम गौतमको नाममा रहेको छ ।

जानकार अनुसार २०६८ सालमा मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ५ करोड ऋण लिएको थियो । ऋण लिएको यतिका समय बितिसक्दा पनि तिर्न सकेको कारण सहकारीका अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष उषा देवकोटा र धनबहादुर वि.क.ले कार्यालयसँगै रहेको २१ आना जग्गा बेच्ने प्रक्रिया अगाडी बढाएको हो ।

jagdamba.cement
rbbbb

सरकारको स्वमित्वमा रहेको स्वरोजगार कोषको ऋण मजदुर शहीद स्मृति उपभोक्ता सहकारीमा संलग्न पदाधिकारीले २५-२५ जनाको समूह बनाई समूहको प्रमुखको नाममा ऋण बाँडेको बुझिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७