कैलालीमा जन्मिए अनौठो शिशु, हेर्नेको लाग्यो भीड

धनगढी, १९ असार । कैलालीको टीकापुरमा अनौठो शिशुको जन्म भएको । ती शिशुलाई हेर्न अहिले कैलालीको टीकापुर अस्पतालमा सर्वसाधरणको भीड लागेको छ ।
कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको शिशुको दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । तर, यी शिशुको मृत्यु भएको छ । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले बताए ।
गए राति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । ‘उनको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो’, डा खनालले भने, ‘तर बच्चा बचेन ।’